भूमे गाउँपालिकाले कार्तिक २३ र २४ गते नागरिकका लागि एकीकृत सेवा प्रवाह गर्ने उद्देश्यले ‘घुम्ती शिविर’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार स्वास्थ्य, सामाजिक तथा प्रशासनिक सेवा एकै ठाउँबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागिएको हो ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कार्तिक २३ गते भूमे गाउँपालिका –७ धर्मशालामा र २४ गते भूमे गाउँपालिका –८ पोखरापाटास्थित वडा कार्यालयमा शिविर सञ्चालन हुने भएको छ ।
शिविरमा महिला रोग विशेषज्ञबाट निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, गर्भवती महिलाका लागि परामर्श सेवा, महिलाको पोथर क्यान्सरको (VIA) परीक्षण लगायतका स्वास्थ्य सेवा उपलब्ध हुनेछन्। साथै गाउँपालिकाबाट प्रदान गरिने विभिन्न प्रशासनिक र प्राविधिक सेवाहरू पनि शिविरमै उपलब्ध गराइने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबिलाल बिकले जानकारी दिनुभयो।
गाउँपालिकाले नागरिकलाई सेवाको सहज पहुँच सुनिश्चित गर्नका लागि मिक नेपालसँगको सहकार्यमा यो कार्यक्रम अघि सारेको जनाएको छ।











प्रतिक्रिया दिनुहोस्