२०८३ साउन १५ गते शुक्रवार

मैकोटकी १५ वर्षीया अन्जनालाई हेलीमार्फत सुर्खेत रिफर



रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका –१ मैकोटकी १५ वर्षीया अन्जना कामीलाई सुत्केरी बेथा लागेकी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उद्धार गरिएको छ।

बिहान करिब पौने १० बजे उद्धार गरी उनलाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सीता परियारले  जानकारी दिए । मङ्गलबार बिहान ४ बजे सुत्केरी बेथा लागेकी महिलालाई स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो। स्वास्थ्यकर्मीले जाँच गर्दा अवस्था जटिल भएपछि  उद्धारका लागि पहल गेरर सुर्खेत पठाईएको परियारले बताए ।

स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टका अनुसार बच्चा जन्मिने समय अझै एक महिना बाँकी रहे पनि अचानक बेथाले च्यापेपछि अवस्था गम्भीर बनेको थियो। बिरामीको पेट फुल्ने, काम्ने र बेहोस हुने लक्षण देखिएको विष्टले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको र बिरामीलाई थप उपचारका लागि सुर्खेत लगिएको जनाएको छ

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते मङ्गलवार