२०८३ कार्तिक १२ गते बुधवार

राजनीतिक खिचातानी होइन, कृषि क्रान्ति बलियो बनाओैं : रसाइली



समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीले कुचिबाङमा कृषि क्रान्तिले फड्को मारेको बताएका छन्। उनले राजनीतिक खिचातानीभन्दा पनि उत्पादनमुखी सोचका साथ अगाडि बढे मात्र देशको अर्थतन्त्र बलियो बन्ने बताएका हुन्।

भूमे गाउँपालिका–८ कुचिबाङमा आयोजित ‘डारेबाङ मेला’को अवसरमा बोल्दै रसाइलीले वडा सरकार भाषणभन्दा पनि नागरिकलाई प्रत्यक्ष सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा जोडदिए । “युवाले के चाहेका छन् भन्ने कुरा सरकारले बुझ्न जरुरी छ। बोलेर होइन, काम गरेर विश्वास जित्नुपर्ने समय आएको छ।”

आगामी फागुन २१ गते हुने निर्वाचनमा युवाहरू अग्रसर हुने विश्वास व्यक्त गर्दै अबको शक्तिको आधार युवामै रहेको बताए। “जुनसुकै पार्टी भए पनि युवाको कमी छ, त्यसलाई पूर्ति गर्न युवाले नेतृत्व लिनुपर्छ रसाइलीले भने ” ।

 

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते बुधवार