२०८३ साउन १४ गते बिहिवार

अराजक सरकारका कारणले देश खरानी बन्याे : उप-प्रमुख केसी



जिल्ला समन्वय समितिका उप–प्रमुख मोहन बहादुर केसीले खेलकुद केवल मनोरञ्जन नभई संस्कार, संस्कृति र सहअस्तित्व जोड्ने शक्तिशाली माध्यम भएको उल्लेख गर्नुभयाे।

भूमे गाउँपालिकामा – ८ मा खेलकुद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश अहिले दिशाहीनतर्फ लम्किरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। “कसैप्रति कटाक्ष गर्नुको सट्टा सकारात्मक सोच र सामूहिक ऊर्जा लिएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयाे ”।

साझा विचार, सिद्धान्त र नीति–विधि नटुटे मात्र देश स्थिर हुन सक्छ। युवाको मर्म बुझ्ने र क्षमता पहिचान गर्ने व्यक्तिलाई जिम्मेवारी दिन सकिएन भने देश फेरि भ्रमको दलदलमा फस्नेछ उहाँले भन्नुभयाे ।

गत भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनलाई उहाँले युवाको चेतनाको विस्फोट भन्दै त्यसले समाजलाई गहिरो सन्देश दिएको टिप्पणी समेत गर्नुभयो। दश वर्षे जनयुद्धमा देश नजलेर संघीयता र गणतन्त्र आएको हो, तर अहिले दुई तिहाइको अराजक सरकारका कारण देश खरानी भएको केसीले बताउनुभयाे।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते बुधवार