२०८३ बैशाख ३ गते बिहिवार

राजनीति होइन, सेवा प्रवाह नै सरकारको पहिचान हो : उपाध्यक्ष बुढामगर



रुकुमपूर्वको भूमे गाउँपालिका–८ कुचिबाङमा स्थानीय भाषामा ‘डारेबाङ मेला’ भनेर चिनिने ऐतिहासिक सांस्कृतिक मेला भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा सिम्मान स्मृति युवा क्लबको आयोजनामा विभिन्न विधाका खेलकुद प्रतियोगिताहरू सुरु भएका छन्।

भूमे गाउँपालिकाका उपाध्यक्ष सबिना बुढामगरले स्थानीय सरकार जनताको मर्म र अपेक्षासँग जोडिनुपर्ने बताउनुभयो। गाउँपालिकाले जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने योजना, पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा ठोस काम गर्दै आएको बताउनुभयाे ।

उहाँले भन्नुभयो, “राजनीतिक प्रतिस्पर्धाभन्दा पनि हरेक दल र जनप्रतिनिधिले सेवा प्रवाहमा जोड दिनुपर्छ। जनताको सुख–दुःख बुझ्ने, समस्यामा सघाउने र समाधान खोज्ने सरकार नै सच्चा जनताको सरकार हो।”

हामीले दलगत भन्दा पनि साझा जिम्मेवारीका आधारमा समृद्ध भूमे गाउँपालिका बनाउन र जनताको सन्तुष्टि भएको सन्न चाहाना पालिकाकाे मुख्य लक्ष्य रहेकाे बताउनुभयो ।

स्थानीय तह सेवा र जवाफदेहिताको संस्कृति बलियो बनाउने मद्दत संगेै गाउँपालिकालाई राम्रो दिशामा अघि बढाइरहेको बताउनुभयाे।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते बुधवार