२०८३ बैशाख ३ गते बिहिवार

भूमेमा सीमान्तकृत महिलाको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि कार्यशाला



रुकुमपूर्व । भूमे गाउँपालिकामा सीमान्तकृत महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्नका लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । तरङ्गिनी महिला अधिकार प्रशिक्षण केन्द्रको आयोजनामा भएको गोष्ठीमा महिला र मानव अधिकारका मुद्दा, स्वास्थ्य पहुँच र समान अवसरका विषयमा छलफल गरिएको थियो ।

केन्द्रकी प्रतिनिधि विष्णु नेपालीका अनुसार, संस्थाले दुर्गम पहाडी भेगका नागरिक विशेषगरी दोन्द्ध प्रभावित महिलाको अधिकार सुनिश्चितताका लागि निरन्तर काम गर्दै आएको बताए । रुकुमपूर्वका तीन गाउँपालिका र कर्णाली प्रदेशअन्तर्गत रुकुमपश्चिमका केही पालिकामा पनि महिलाका अधिकार सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको नेपालीले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबिलाल विकले स्थानीय सरकार र सरोकारवालाबीचको सहकार्यले महिला स्वास्थ्य अधिकार सुनिश्चिततामा अझ बल पुग्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र यादवले संस्थाले महिलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए  । उनले स्थानीय तह स्थापना भएपछि भूमेले महिलाको स्वास्थ्य सेवा र जनचेतनामा अझ प्रभावकारी रूपमा काम गरेको बताए ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार