कार्तिक २१ रुकुमपूर्व । भूमे गाउँपालिका – ६ का महत, लाबाङ, भित्रीवन, तामारी, रुन्ची र नाखे बस्ती जोड्ने ग्रामीण सडक सञ्चालनमा आएपछि स्थानीयवासी उत्साहित भएका छन् । वर्षा सुरु भएसंगै आवतजावत र सामग्री ढुवानीमा समस्या झेल्दै आएका बासिन्दाले सडक सञ्चालन भएपछि राहतको सास लिएका छन् ।
भूमे -७ धर्मशाला निवासी नारायण बुढाको अनुसार, सडक सञ्चालनमा आएपछि अब गाउँमा सिधै सवारी साधन पुग्न सक्ने उहाँले बताउनुभयो । “अब हामीलाई सामान ल्याउन सहज भयो, धेरै राहत मिल्यो ।” बुढाले भन्नुभयो ।
भित्रीवनका स्थानीय भिमकुमार ओलीका अननुसार सडक सञ्चालन आएपछि आफुहरुले गाउँमै उत्पादन गरेका तरकारी तथा कृषिजन्य वस्तु सहजै बजारमा लैजान सक्ने बताउनुभयो।
त्यस्तै, तामारीका स्थानीय अतबहादुर बुढाले सडक खुलेसँगै दैनिक जीवन सहज बनेको बताउनुभयो । “पहिले चामल, नुन, तेलजस्ता आवश्यक वस्तु महतबाट काँधमा बोक्नुपर्थ्यो, अब भने गाडीले नै ल्याउने भएपछि सहज भएको उहाँले बताउनुभयो ।
सडक निर्माण र सञ्चालनको पहल पहिले नै गरिएको थियो, तर दशैं–तिहार र निरन्तर वर्षाका कारण ढिलाइ भएको वडा नं. ६ का वडाध्यक्ष विक्रम पुनमगरले बताउनुभयो । वर्षाले अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएपछि स्थानीयहरूलाई यातायात र व्यापार दुवैमा सहजता हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
















प्रतिक्रिया दिनुहोस्