२०८३ बैशाख ५ गते शनिवार

तातोपानीबाट पर्यटनमार्गदेखि बालअधिकारसम्मका निर्णय



समाचार सारांश
Generated Using AI
  • पुथा उत्तरगङ्गा गाउँपालिकाको ४७औँ कार्यपालिका बैठक तातोपानीमा बसेर पर्यटन पूर्वाधार, बालअधिकार, शिक्षा–स्वास्थ्य र प्रशासन केन्द्रित १३ बुँदे निर्णय सार्वजनिक गरियो।
  • तातोपानी क्षेत्रलाई स्वास्थ्य–पर्यटन गन्तव्य बनाउने घोषणा गर्दै संरचना उद्घाटन तथा पाँच पर्यटन पदमार्ग/सडक निर्माण गर्ने निर्णय भयो।
  • पर्यटन प्रवर्द्धनका लागि सात अभियन्ता सम्मान र सबै स्थलको एकीकृत सूचना रहने ‘टुरिष्ट डिजिटल एप’ निर्माण गर्ने निर्णय गरियो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

रुकुमपूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिकाको ४७औँ गाउँ कार्यपालिका बैठक साेही गाउँपालिकाकाे वडा -६ डिमुरगैरा तातोपानीमा सम्पन्न भएको छ। ‘दिगो पर्यटन विकास हाम्रो प्राथमिकता’ शीर्ष नारासहित बसेको बैठकले पर्यटन पूर्वाधार, बाल अधिकार, शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधार केन्द्रित १३ बुँदे महत्वपूर्ण निर्णय पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०८१/८२ संघीय सरकार प्राप्त बजेट करिब ९० लाखमा निर्माण गरिएकाे भिझ्ने पोखरी, महिला, पुरुषको चेन्जिङ रुमलगायत संरचना गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले उद्घाटन गरेका हुन्।

“तातोपानीलाई स्वास्थ्य–पर्यटनको अभूतपूर्व गन्तव्य बनाउने संकल्प” रहेकाे अध्यक्ष घर्तीले बताए । गाउँपालिकाले तातोपानी क्षेत्रलाई दीर्घकालीन रुपमा प्रवद्र्धन गर्दै हरेक वर्ष माघ १ गतेदेखि तातोपानी स्वास्थ्य पर्यटन महोत्सव सञ्चालन हुन्थ्यो भने अब पर्यटकहरुलाई स्वास्थ्य पर्यटन क्षेत्रमा भित्र्याउन सकिने उनले बताए ।

यस्तै पर्यटन मार्ग विस्तार गर्न चार ठाउँमा पदमार्ग र सडक निर्माण गर्न गुरगाद–रुपौली पर्यटन पदमार्ग, दम–चौरीलेक पर्यटन पदमार्ग, सेरा–निसेल्ढोर पर्यटन सडक ,गुल्जा झरना पदमार्ग तथा काठेपुल बनाउने निर्णय गरेकाे छ।

बैठकले पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुगेका ७ व्यक्ति तथा संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ।
वडा अध्यक्षदेखि सञ्चारकर्मी, व्यवसायी र ट्रेकिङ गाइडसम्म समावेश व्यक्तिहरूलाई सम्मान गरेर गाउँपालिकाले स्थानीय पर्यटन अभियन्ताको मेहनतलाई औपचारिक कदर गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्व बिकले बताए ।

गाउँपालिका भित्रका सबै पर्यटकीय स्थलको जानकारी एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले टुरिष्ट डिजिटल एप निर्माण गर्ने निर्णय समेत गरिएको छ । एप मार्फत पदमार्ग, दृश्य, आवास, यातायात, सम्भावित जोखिम, सम्पर्क बिन्दु लगायत एकीकृत डिजिटल सूचना प्राप्त हुने व्यवस्था गरिने बिक जानकारी दिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार