मंसिर ५ रुकुमपूर्व । पुथा उत्तरगंगा गाउँपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड गाउँपालिका स्तरीय प्रतियोगिता आगामी मंसिर १८, १९ र २० गते सञ्चालन हुने भएको छ। गाउँपालिका – ५ स्थित देउराली माध्यमिक विद्यालय, हुकाममा प्रतियोगिता हुने गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ।
शिक्षा शाखाका प्रमुख रामप्रसाद खड्काका अनुसार प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौँ संशोधन) को परिधिभित्र रहेर सञ्चालन गरिने बताउनुभयो।सोही निर्देशिकामा तोकिएका इभेन्टहरू सञ्चालनका लागि सम्बन्धित विद्यालयहरूलाई औपचारिक पत्राचार गरिएको अन्वेषण खबरसंग बताउनुभयो।
प्रतियोगितामा सहभागी विद्यालयलाई यातायात तथा कार्यक्रम व्यवस्थापन शीर्षकमा पुथा हिमालय मावि, मैकोटलाई २० हजार, देउराली मावि, हुकाममा १५ हजार, आदर्श मावि, खाराबाङलाई २५ हजार र जनसहयोग मावि, रिबाङचौर , जनज्योति मावि, जाङ , सिद्धमणडली मावि राङ्सीलाई क्रमश ३५,००० दिने निर्णय गरिएको छ।यस्तै पर्वत मावि कोललाई ३० हजार, महेन्द्र मावि, तकसेरालाई २५ हजार खर्च दिने खड्काले बताउनुभयो।
रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कार प्रदान गरिने भएको छ। प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश : २५ हजार, २० हजार, १५ हजा र ५ हजार प्रदान गरिने बताईएको छ।भने शिल्ड मेडल र ट्रफी समेत प्रदान गरिने भएको छ।
प्रतियोगिता व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नका लागि स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति पनि गठन गरिएको शिक्षा शाखाले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्