रुकुमपूर्व । स्वास्थ्य कार्यालय रुकुमपूर्वले आर्थिक वर्ष २०८१/८२ मा यो समाचार तयार पार्दासम्ममा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको तथ्यांक १८२ जना रहेको छ । तथ्यांकअनुसार, २० वर्षभन्दा कम उमेरका २९ महिलाले गर्भपतन सेवा लिएका छन् । २० वर्षभन्दा माथिका महिलामा १५३ महिलाले सेवा लिएका छन् ।
सेवा प्राप्त गरेपछि परिवार नियोजनका साधन अपनाउनेमा छोटो अवधिका लागि ८१ र लामो अवधिका अस्थायी साधन प्रयोग १८ महिलाले गरेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी निम प्रसाद गिरीका अनुसार यो तथ्यांक बिगतका बर्ष भन्दा बढी रहेको छ ।
आर्थिक बर्ष २०८०।८१ मा शुरक्षित गर्भपतन सेवा लिने महिला १२१ मध्य २० बर्ष माथीको ११२ र २० बर्ष मुनिको ९ जना महिला रहेका छ्न । “यो तथ्यांकले देखाउँछ कि सुरक्षीत गर्भपतन सेवा लिने संख्या व्यापक वृद्धि भएको छ। असुरक्षित गर्भ रहेको अबस्थामा १० हप्ता सम्मको गर्भपतन सुचिकृत स्वास्थ्य सस्था (स्वास्थ्य चौकी) बाट र १० हप्ता देखि माथी रुकुमपूर्व अस्पतालबाट निशुल्क रुपमा यो सेवा लिन सकिन्छ।
यद्यपि, गर्भपतन सेवा लिन नपर्ने गरि परिवार नियोजनका साधन प्रयोग गर्नु पर्ने कुरामा जोड दिनु पर्ने साथै प्रजनन स्वास्थ्यको पहुँच अझ व्यापक बनाउन आवश्यक छ । हामी समुदायमा सचेतना फैलाउने र सेवाको पहुँच बढाउने काममा जोड दिएका छौं ।” गिरीले भन्नुभयो ।











प्रतिक्रिया दिनुहोस्