उषा कुमारी पुनमगर
हाम्रो क्षेत्रमा धेरै महिलामा अझै पनि सुरक्षित गर्भपतनले बच्चा नहुने बनाइदिन्छ, अत्यधिक रगत बग्छ, वा ठूलो अपरेशन गर्नुपर्छ भन्ने गलत धारणा छ । कतिपयलाई त गर्भपतन कानुनी रूपमा उपलब्ध छ भन्ने जानकारी नै छैन । यस्ता मिथकका कारण महिलाहरू डराउने, ढिला गर्ने र धेरैजसो जोखिमपूर्ण व्यक्ति वा ठाउँमा जाने समस्या देखिन्छ । स्वास्थ्य चौकी र क्लिनिकमार्फत परिवार नियोजनका अधिकांश साधनहरू उपलब्ध छन् । तर, जानकारीको कमी, सामाजिक लाज–शर्म, श्रीमान वा परिवारको सहयोग नपाइनु, र कहिलेकाहीँ साधन अभाव हुँदा सबै महिलाले समान रूपमा सेवामा पहुँच पाउन सकेका छैनन्। गाउँ–टोलमा शिक्षा र परामर्श पुगेका ठाउँमा पहुँच राम्रो छ, नपुगेका ठाउँमा भने अझै चुनौती छ । अनियमित ठाउँमा गरिएका गर्भपतनले अत्यधिक रक्तस्राव, संक्रमण, गर्भाशय बिग्रने, बाँझोपन, दीर्घ समस्या तथा ज्यान जानेसम्मका जोखिम हुन्छन्। धेरैजसो केसमा समयमै उपचार नपुगेपछि अवस्था गम्भीर बन्छ। यस्ता समस्या पूर्ण रूपमा रोक्न सकिन्छ यदि महिलाले दक्ष स्वास्थ्यकर्मीबाट समयमै सेवा पाउन सके । हाम्रो क्षेत्रमा दूरी, यातायातको अभाव, घर–परिवारको दबाब, तथा आर्थिक कारणले महिलाले स्वास्थ्य संस्थासम्म समयमै पुग्न सक्दैनन्। कतिपयले लाजले समस्या लुकाउँछन्, कतिपयले ‘स्वस्थै होला’ भनेर बस्दा अवस्था बिग्रिन्छ। यस्ता कारणले साना समस्या ठूलो बन्ने र कहिलेकाहीँ जोखिमपूर्ण ठाउँमा निर्भर हुने स्थितिहरू देखिन्छन् । हामी सबै महिलाले सुरक्षित मातृत्व र सुरक्षित गर्भपतनको अधिकार पाउँछन्। गर्भपतन कानुनी रूपमा स्वास्थ्य संस्थामै सुरक्षित ढंगले उपलब्ध छ, त्यसैले डराउनुपर्ने कारण छैन। कुनै पनि समस्या, शंका वा जानकारी चाहिएको अवस्थामा नजिकको स्वास्थ्य चौकीमा आएर परामर्श लिनुहोस्। गर्भ रोकथामका साधनहरू निःशुल्क छन्, जटिलता रोक्न सहयोग गर्छन्। समयमै जानकारी, सही सेवा र स्वास्थ्यकर्मीको परामर्श नै महिलाको जीवन र स्वास्थ्य सुरक्षित राख्ने मुख्य उपाय हो ।
भविष्यमा गर्भधारण गर्न सक्मे क्षमता हराउछ । गर्भपतन प्रक्रिया एकदमै डरलाग्दो हुन्छ/ सर्जरि गर्नुपर्दछ । सुरक्षित गर्भपतन गर्नु पाप हो । आपतकालिन गर्भनिरोधक चक्की र सुरक्षीत गर्भपतन चक्की एउटै हो । समाजले थाहा पाएछ । यथार्थ सुरक्षित गर्भपतनले गर्दा कुनैपनि किसिमको भविष्यमा निसन्तान हुने डर हुदैन ख तालिमप्राप्त स्वास्थ्यमर्मी द्बारा सुचिकृत ससवास्थ्यकर्मी र संस्थाद्बारा सेवा दिइने हुदा यो सेवा सुरक्षित हुन्छ । आपतकालिन गर्भनिरोधक चक्की र सुरक्षीत गर्भपतन चक्की दुवैको काम फरक छ । सुरक्षित गर्भपतन गर्नु पाप होइन यसले झन ठुलो मानसिक तथा अन्य समस्यावाट बचाउछ ।
अवात्र्छित गर्भ रोकथाम का सेवामा महिलाहरु कत्तिको पहुचमा छन ?
परीवार योजना सेवामा महिलाको पहुच पहिले भन्दा धेरै बढ्दै गइरहेको छ । सबैं परिवार योजनाका साधन वितरणको लागी दक्ष स्वास्थ्यकर्मीहरु र साधनहरु प्रयाप्त भए तापनि परीवारको मत्र्जुरी नहुनु, परीवार योजनाको साधन वारे गलत धारणा हुनु, जस्ता समस्याले गर्दा भनेजस्तो प्रगति हासिल गर्न कठिनाइ भइरहेको छ ।
जोखिमपुर्ण गर्भपतनका कारण महिलाले भोग्नुपर्ने मुख्य समस्याहरु
नेपालमा अझैपनि २ प्रतिशत महिलाको ज्यान Unsafe abortion वाट हुने गरेको तथ्याङ्कले देखाउछ । बाझोपन, लामो समयको लागि दुखाइ, भित्री अंगको Damage हुनु आदि जटिल समस्याहरु हुन सक्छन । पूर्ण रुपमा गर्भ नहट्नु । अत्याधिक रक्तश्राव हुनु ।
दुरदराजका महिलाले समयमै उपचार वा परामर्श नपाउँदा देखिने मुख्य चुनौतिहरु
भौगोलिक विकटताका कारण समयमै परामर्श र उपचार नपाउदा ढिलो गरी स्वास्थ्य संस्थामा पुग्दा स्वास्थ्य जटिलता बढ्ने तथा आपतकालिन सेवा नपुग्ने हुन्छ । कानुनत १२ हप्ता सम्मको गर्भ महिलाको स्व इच्छाले गर्भपतन गराउन पाउने कानुनि अधिकार भए तापनि ढिला गरी स्वास्थ्य संस्थाम पुग्दा सुरक्षित गर्भपतन गर्न नपाउनु, विभिन्न शारिरीक तथा मानसिक समस्याहरु सिर्जना हुनु, पारिवारीक तनाव हुनु, आर्थिक चुनौति थपिनुका साथै असुरक्षित गर्भपतन गर्न वाध्य भएर विभिन्न स्वास्थ्य समस्याहरु सिर्जना भइ ज्यान समेत जान सक्छ ।
सुरक्षीत मातृत्व र सुरक्षीत गर्भपतन वारे सि अ न मी को तर्फवाट शन्देशहरु
- नियमित रुपमा कम्तिमा आट पटक गर्भजाँच गर्ने ।
- स्वास्थ्यमर्मीले भनेजस्तै आइरन क्याल्सियम र फोलिक एसिडको प्रयोग गर्ने ।
- तालिमप्राप्त स्वास्थ्यकर्मीद्बारा स्वास्थ्य संस्थाम मात्र सुत्केरी हुने ।
- जाँड सक्सी रु अन्य लागुऔषधको सेवन नगर्ने ।
- स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पोषणयुक्त खानेकुरा खाने तथा आराम गर्ने ।सुरक्षीत गर्भपतन सम्बन्धि सन्देशहरु
- १२ हप्तासम्मको सुरक्षित गर्भपतन नेपालमा कानुनि छ, यसमा महिलाको पुर्ण हक छ ।
- सुचिकृत संस्थामा गएर सुचिकएत स्वास्थ्यकर्मिद्बारा मात्र सुरक्षीत गर्भपतन गराउने ।
- गर्भपतनलाइ परीवार नियोजनको रुपमा प्रयोग नगरी गर्भपतन पश्चात परीवार योजनाको साधन प्रयोग गर्ने ।
- जति सक्दो छिटो स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ताकी थप जटिलता नआओस ।
















प्रतिक्रिया दिनुहोस्