रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३, पोखराका सात वर्षीय बालकलाई दुर्घटनापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी नेपालगञ्ज रिफर गरिएको छ।
आफ्नै घरको बार्दलीमा खेल्दाखेरी लडेर घाइते भएका लोकेन्द्र केसीका छोरा प्रटुस केसीको दाहिने खुट्टाको घुँडामुनि हड्डी भाँचिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।
दुर्घटनापछि उनलाई जिल्ला अस्पताल रुकुमपूर्वमा प्रारम्भिक उपचार प्रदान गरिएको थियो। नेपालगञ्ज उपचारका लागि लगिएको प्रहरीको भनाइ छ।प्रटुसको स्वास्थ्य अवस्था स्थिर र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बिहिवार














प्रतिक्रिया दिनुहोस्