२०८३ कार्तिक १२ गते बुधवार

गृहजिल्लामै जनार्दन शर्मा घेरिए: रुकुममा कालोझण्डा र नाराबाजीको वर्षा



प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्मा ‘प्रभाकर’ गृहजिल्ला रुकुम पश्चिम पुगेपछि तीव्र विरोध प्रदर्शनको घेरामा परेका छन्।

माओवादी केन्द्र छोडेर नयाँ पार्टी गठन गरेको केही दिन नबित्दै गृहफर्किएका शर्मामाथि स्थानीय युवाहरूले विमानस्थलमै कालोझण्डा देखाउँदै चर्को नाराबाजी गरेका हुन्। शर्माविरुद्धको आक्रोशका कारण खलंगा विमानस्थल परिसर केहीबेर तनाबग्रस्त बनेको थियो।

आज बिहान नेपाल एयरलाइन्सको नियमित उडानबाट सदरमुकाम खलंगा अवतरण गरेका शर्मा बाहिरिने क्रममा प्रदर्शनकारी समूहले ‘विश्वासघाती फर्क जाऊ’ लगायतका नारासहित घेरा हाले। परिस्थिती असामान्य बन्दैएको संकेत देखिएपछि सुरक्षाकर्मीको तैनाथी तत्कालय बढाइएकाे बताईएकाे छ।

प्रलोपा गठनपछि पहिलोपटक गृहजिल्ला पुगेका शर्मा स्थानीय राजनीतिक घेरामा मज्जाले आलोच्य विषय बनेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार