
मृतक लक्ष्मण नाथ
पुस २२ , रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्न थापेको पासो तान्ने क्रममा एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही गाउँपालिका–८ लम्पाकोटका २० वर्षीय लक्ष्मण नाथ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी लालबहादुर बिककाे अनुसार सानी भेरी नदीको किनारबाट करिब ३०० मिटर पश्चिम ढुङ्गाको कोचमा अड्किएको अवस्थामा नाथको शव फेला परेको हो। शव मृत अवस्थामा फेला परेपछि प्रहरी टोलीले नदीबाट बाहिर निकालेको उनले बताए।
प्रारम्भिक अनुसन्धानअनुसार माछा मार्न थापिएको पासो तान्ने क्रममा नदीमा चिप्लिएर बग्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार











प्रतिक्रिया दिनुहोस्