माघ १२ , एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहित ११ जना चुनावी मैदानमा होमिल्नु भएको छ ।शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा दर्ता १२ जनाले गर्नु भएकोमा एक जना स्वतन्त्र उम्मेदवार अमरसिंह पुनले उम्मेदवार फिर्ता गर्नु भएको छ। पुनले उम्मेदवार फिर्ता लिएपछि अब चुनावी मैदानमा ११ जना हुनु भएको छ ।
सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार नेकपाका संयोजक प्रचण्ड सहित नेपाली काँग्रेसबाट कुसुमदेवी थापा मगर, नेकपा एमालेबाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुनले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, मङ्गोल नेसनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, नेसलन रिपब्लिक नेपालबाट धर्मकुमार बुढा, जनता समाजवादी पार्टीबाट शिरबहादुर बुढा, राप्रपाबाट रोशन शाह र नेकपा माओवादीबाट जुद्धबहादुर बुढा मगरको उम्मेदवार कायम रहेको छ ।
नयाँ जिल्ला रुकुमपूर्वलाई समाजवाद विकासको मोडेलमा लैजाने प्रचण्डले बताउनुभयो । युद्धकालिनको राजनीतिक क्रान्तिको भुमिलाई अब समाजवाद क्रान्तिको भुमिको पहिचान दिने उहाँको भनाइ छ । राष्ट्रिय लिडर भएकोले आफू नेपालका सबै जिल्लाबाट उम्मेदवार दिदै आएको प्रचण्डले बताउनुभयो । अरु पार्टीले विभिन्न ठाउँबाट प्रचण्ड उठिराखेको छ भन्ने आरोप गल्त रहेको प्रचण्डले बयाउनुभयो ।
पुथाउत्तरङ्गा गाउँपालिमा-१० तकका दुर्गा बुढाले प्रचण्ड नयाँ जिल्लामा आउनु गौरवको कुरा रहेको बताउनुभयो । राष्ट्रिय नेतृत्व जिल्ला पाउनु भनेको वर्गको कुरा रहेको बुढाले बताउनुभयो ।
प्रचण्डले यश जिल्लाबाट उम्मेदवार दिनुभएकोले नयाँ जिल्लावासीले तिव्र विकासको आस गर्नु भएको छ । अन्य दलका उम्मेदवारले भमे जिल्लाकै उम्मेदवारलाई मत दिनु पर्ने तर्क दिराख्नु भएको छ । रास्वपाका उम्मेदवार लखन थापाले मत परिवर्तन गरी नयाँ प्रतिनिधि छान्ने समय आएको थापाले बताउनुभयो । भने काँग्रेसका उम्मेदवार कुसुमदेवी थापा मगर र एमालेका उम्मेदवार लीलामणि गौतमले जिल्लाकै मान्छेलाई मत दिएमा मात्र जिल्लाको विकास हुने बताउनुभएको छ ।
















प्रतिक्रिया दिनुहोस्