नीला छाना भएका घरहरूको झुप्प बस्ती । रुकुम पूर्वको भूमे गाउँपालिका–३ स्थित सिमा गाउँको यो दृश्यले अहिले जोकोहीलाई अचम्मित पार्छ । केही वर्ष अघिसम्म ‘विकट’ को ट्याग लागेको यो बस्ती स्थानीय आएसंगै अहिले विकासको मुख्य फेरोमा समाहित भएको छ ।
गाउँमा अहिले विकासका आधारभूत लहरहरू लगभग पूरा भएका छन् । घरघरमा पुगेको खानेपानी, उज्यालो बिजुली र सञ्चारको पहुँचले यहाँको जनजीवनलाई सुगमसंग जोडिदिएको छ । स्थानीय तहको स्थापनापछि शिक्षा र स्वास्थ्यमा भएको लगानीले सिमावासीको जीवनस्तरमा ठूलो बदलाव ल्याएको छ । खाम भाषाको मिठास सिमाको अर्को सुन्दर पक्ष भनेको यहाँको भाषिक मौलिकता हो । यहाँका स्थानीयहरू मगर खाम भाषा बोल्छन् ।
कर्मशील हात र कृषिको आधार यहाँका नागरिकको मुख्य पेशा कृषि नै हो । जिल्लाको एक मात्रै खेतमा फल्ने धान, रैथाने बाली र पशुपालनले सिमालाई आत्मनिर्भर बनाएको छ । सडक, बिजुली र शिक्षाको पहुँचसँगै सिमा गाउँले अहिले आफ्नो पुरानो पहिचान बदल्दैछ । यो विकास केवल भौतिक मात्र नभई चेतना र जीवनशैलीमा आएको सकारात्मक परिवर्तन पनि हो ।


















प्रतिक्रिया दिनुहोस्