आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी रुकुम पूर्वमा निर्वाचन कार्यालयले सक्रियता बढाएको छ । मुख्य निर्वाचन कार्यालय रुकुम पूर्वले जिल्लास्थित सञ्चार माध्यम र पत्रकारहरूसँग निर्वाचन आचारसंहिता तथा सत्य तथ्य समाचार सम्प्रेषणका विषयमा विशेष छलफल गरेको छ ।
छलफलका क्रममा मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले निर्वाचनका बेला हुन सक्ने भ्रामक प्रचारप्रसारलाई रोक्न र जनतामा सही सूचना पुर्याउन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो।
मुख्य निर्वाचन अधिकृत खनालले अन्वेषण खबरसँग कुरा गर्दै भन्नुभयो, “निर्वाचमा पत्रकार आचारसंहिताको पालना अनिवार्य छ। कसैलाई खलल पार्ने खालका गतिविधि र समाचारमा रोक लगाउन हामीले पत्रकार महासंघलाई समेत पत्राचार गरिसकेका छौँ ।”














प्रतिक्रिया दिनुहोस्