२०८३ बैशाख ३ गते बिहिवार

रुकुमपूर्वका रसाइलीले पठाए साम्वालाई  ५ हजार ५ रुपैयाँ सहयाेग



नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को दोस्रो पटक हुन लागेको घुँडाको जटिल शल्यक्रियाका लागि आर्थिक सहयोग जुट्ने क्रम सुरु भएको छ।

​केही दिनअघि मात्रै साम्बाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्। विगत सात हप्तादेखि मैदानबाहिर रहेकी उनले यसअघिको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेकाले पुनः शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको बताएकी थिइन्।

​साम्बाको स्वास्थ्य उपचारका लागि देश-विदेशमा रहेका खेलप्रेमीहरूले सहयोगको हात बढाउने क्रममा रुकुमपूर्व, भूमे गाउँपालिका वडा नं. ३ सिमा घर भएका समाजसेवी चन्द्र रसाइलीले पनि आर्थिक सहयोग गरेका छन्। रसाइलीले साम्बाको उपचारका लागि ५ हजार ५ रुपैयाँ सहयोग गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

​सहयोग रकम पठाउँदै रसाइलीले सामाजिक सञ्जालमा लेखेका छन्:

“हजुरको गोलमा खुसीको सीमा नै नराखेर उफ्रिने हामी, आज हजुर अस्पतालको बेडमा हुँदा निकै दुःखी छौँ। हजुरका लागि सरकार नभए पनि आम नेपाली नागरिक साथमा हुनेछन्। पुनः खेलमैदानमा हेर्ने चाहनासहित एउटा खेलप्रेमीको नाताले सानो सहयोग गरेको छु।”

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार