हिमाली जिल्ला रुकुम पूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि विधिवत् रूपमा सुरु भएको छ। विहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्याएपछि गणना कार्य अघि बढाइएको हो।
राती ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल खोलिएको छ। यस क्षेत्रमा नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको उम्मेदवारीका कारण यस जिल्लाको नतिजालाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।
जिल्लाका दुर्गम र उच्च हिमाली भेगका मतदान केन्द्रहरूबाट मतपेटिका ढुवानी गर्न भौगोलिक विकटताका कारण चुनौती देखिए पनि सुरक्षा निकायको कडा स्कर्टिङमा रातभरिमा सबै बाकस सदरमुकाम ल्याइएको थियो।
“सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भएपछि राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा गणना सुरु गरेका हौँ,” मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले बताए।














प्रतिक्रिया दिनुहोस्