फाल्गुन २८ , प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जिल्लाका १३ सञ्चारमाध्यमलाई सम्मान गरेको छ ।
निर्वाचनका बेला सत्यतथ्य र वस्तुनिष्ठ सूचना सम्प्रेषण गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माणमा योगदान दिएको भन्दै ती सञ्चार संस्थालाई प्रशंसापत्र प्रदान गरिएको हो । सम्मानित हुनेहरूमा सामुदायिक रेडियो पूर्वी रुकुम, रेडियो रुक्मिणी, समावेशी मिडिया, अन्वेषण खबर, कान्ति भ्वाइस, दुबोपाती मिडिया, मुलुकपाटी, मुलपाना, बुकिन्युज, पुथा खबर, जियम पोस्ट, जालकी डट कम र प्रतिबिम्ब नेपाल छन् ।
सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियारले पत्रकारहरूले स्थलगत रूपमा खटिएर नागरिकलाई सही सूचना प्रवाह गरेकोमा प्रशंसा गरे, निर्वाचनलाई सफल बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रह्यो,उहाँले भने ।
नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष वसन्त बाठाले प्रशासनले निर्वाचनका बेला संयमित र व्यावसायिक पत्रकारिता प्रदर्शन गरेकोमा सबै सञ्चारकर्मीप्रति आभार समेत व्यक्त गरे ।














प्रतिक्रिया दिनुहोस्