२०८३ कार्तिक १२ गते बुधवार

प्यूठानमा टिप्परको ठक्करबाट एकको मृत्यु



प्यूठान नगरपालिका–८ पाडावाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको लुप्लुङबाट चुनढुङ्गा बोकेर बाग्दुलातर्फ जाँदै गरेको रा १ ख १८३९ नम्बरको टिप्परले अधेरी–दम्ती सडकखण्डमा ठक्कर दिँदा दाङ राप्ती गाउँपालिका–१ भालुबाङ घर भई सडक मजदुरी गर्दै आएका ३७ वर्षीय अशोक परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार