रोल्पाको थवाङ गाउँपालिकामा पानी ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रा १ त ३८३४ नम्बरको पानी ट्याङ्कर आज साँझ करिब ६:१० बजेको समयमा थवाङ बजार नजिकै री खोलाको आसपास दुर्घटनामा परेको हो। दुर्घटनामा एक जनाको ज्यान गएको पुष्टि भए पनि मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार














प्रतिक्रिया दिनुहोस्