रुकुमपूर्व। रुकुमपूर्वमा प्रहरीले नागरिकले दर्ता गर्न ल्याएका मुद्दा तथा उजुरीप्रति चासो नदेखाएको गुनासो बढ्दै गएको छ। न्यायको अपेक्षासहित प्रहरी कार्यालय पुग्ने सेवाग्राहीहरू उजुरी दर्तामै ढिलासुस्ती, बेवास्ता र अलमल्याउने प्रवृत्तिको सामना गर्नुपरेको बताउँछन्।
नाम नखुल्ने एक आधारमा एक ब्यक्तिमा अनुसार सामान्य घटनादेखि संवेदनशील प्रकृतिक मुद्दासमेत प्रहरीले गम्भीरतापूर्वक नलिने, आवश्यक प्रक्रिया अघि नबढाउने र कतिपय अवस्थामा उजुरी नै दर्ता गर्न आनाकानी गर्ने समस्या देखिएको छ। यसले नागरिकमा निराशा बढाएको छ।
यता, गृहमन्त्री सुदन गुरुङले हालै “विगत ३५ वर्षसम्म राजनीतिक दबाबले प्रहरीलाई हतकडी लगाइएको” अभिव्यक्ति दिएपछि प्रहरी स्वतन्त्रताको बहस चर्किएको छ।
समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीले पनि प्रहरीको निष्पक्षतामाथि प्रश्न उठाउँदै ‘पावर र पहुँच’को भरमा अनुसन्धान प्रभावित भए नागरिकले प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
उता, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका सचिव निराजन विकले कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा जनअसन्तुष्टि बढ्दै जाने र “जेनजी आन्दोलन” जस्ता आवाज उठ्ने बताएका छन्।उनले हिंसा र तोडफोड समाधान नभएको स्पष्ट गर्दै कानुनको निष्पक्ष प्रयोग र शान्तिपूर्ण विरोध नै विकल्प भएको उल्लेख गरेका छन्।
स्थानीय स्तरमै प्रहरीप्रति बढ्दो अविश्वासले कानुनी राज्यप्रतिको भरोसा कमजोर बनाउने चिन्ता बढ्दै गएको छ।
















प्रतिक्रिया दिनुहोस्