रुकुम पूर्वकी एक महिलाले ५९ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छन्। भूमे गाउँपालिका–३ निवासी भागिन्ता शाहले लामो समयको प्रतीक्षापछि अन्ततः नागरिकता हात पारेकी हुन्।
नागरिकता प्राप्त गरेपछि शाहले खुशी व्यक्त गर्दै ढिलै भए पनि कानुनी पहिचान पाउन सफल भएको बताइन्। नागरिकता प्राप्तिको प्रक्रियामा सहयोग गरेको भन्दै उनले भूमे गाउँपालिका वडा नम्बर–३ र जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वप्रति आभार व्यक्त गरेकी छन्।
समाजसेवी चन्द्र रसाइलीका अनुसार शाह लामो समयसम्म भारतमा बसोबास गर्दै आएकी थिइन्, जसका कारण नागरिकता बनाउन ढिलाइभएको हो। “ढिलै भए पनि उहाँले नागरिकता पाउनु ठूलो उपलब्धि हो,” रसाइलीले भने।दुई दिनदेखि सदरमुकाम धाउन पर्यो । उनले भने ।
नागरिकता प्राप्त गर्न शाह आफ्ना श्रीमान् धोका शाहसहित जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व पुगेकी थिइन्।











प्रतिक्रिया दिनुहोस्