बैशाख ०९ , कोइली शाही मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका परिचन्द्र खत्रीलाई रुकुमकाेट अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
रुकुमकोटस्थित जिल्ला अदालतले साढे ९ महिनापछि अदालतमा उपस्थित भएका खत्रीमाथि प्रारम्भिक अनुसन्धानबाट पर्याप्त आधार र प्रमाण देखिएको ठहर गर्दै थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।
खत्री आज आफैं अदालतमा उपस्थित भएका थिए। लामो समयसम्म फरारजस्तै देखिएका उनी अचानक अदालतमा हाजिर भएपछि मुद्दाले नयाँ मोड लिएको छ।
सुनुवाइका क्रममा पीडित पक्षले अदालत परिसर अगाडि पर्चा–पम्पलेटसहित प्रदर्शन गर्दै न्यायको माग गरेका थिए। उनीहरूले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग राख्दै नाराबाजीसमेत गरेका थिए।
घटनासम्बन्धी थप अनुसन्धान र अदालती प्रक्रिया जारी रहेको अदालत स्रोतले जनाएको छ।
प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार











प्रतिक्रिया दिनुहोस्