
२८ वर्षीया कमला बिकलाई प्रथामिक उपचार गरिदेै
बैशाख १३ , रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका –५ हुकाममा हावाहुरीसँगै परेको चट्याङले एक महिला घाइते भएकी छन् ।
आइतबार दिउँसो करिब ३:१५ बजे पिगुर लेगस्थित जंगलमा घाँस काट्न गएकी २८ वर्षीया कमला बिकलाई चट्याङ लागेको हो । अचानक आएको हावाहुरीसँगै परेको चट्याङले उनलाई गम्भीर घाईते भएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान बिष्टका अनुसार घाइते बिकलाई हुकाम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले उनलाई रुकुमपूर्व जिल्ला अस्पताल रिफर गरिएको उनले बताए ।
प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार











प्रतिक्रिया दिनुहोस्