
असार १, रुकुमपूर्वको भूमे गाउँपालिका–३ सिमा मा निर्माण गरिएको भूमे पर्वसम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ। स्थानीय मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको वृत्तचित्र एक कार्यक्रमका बीच विमोचन गरिएको हो।
https://www.facebook.com/share/v/1GcSM9x65x/?mibextid=wwXIfr
वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त वृत्तचित्र सप्तरंगी मल्टी प्रपोज प्रालि ले तयार गरेको हो। पछिल्ला वर्षहरूमा आधुनिक जीवनशैलीको प्रभावसँगै लोपोन्मुख बन्दै गएका परम्परागत सांस्कृतिक अभ्यासलाई अभिलेखीकरण गरी नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित वृत्तचित्र निर्माण गरिएको जनाइएको छ।
वृत्तचित्रमा भूमे पर्वसँग जोडिएका धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षलाई समेटिएको छ। यसको खोज तथा सामग्री संकलन तिलक रोका मगर ले गरेका हुन् भने निर्देशनको जिम्मेवारी पनि उनले नै निर्वाह गरेका छन्। छायांकन गजबहादुर घर्ती ले गरेका छन्। वृत्तचित्रको मुख्य व्यवस्थापन चन्द्र रासाइली ले गरेका हुन् भने स्फोटोग्राफी) बालाराम शेर्पाली ले उपलब्ध गराएका छन्।
वृत्तचित्रको विमोचन विष्णु रोका मगर र निमकुमारी सुनार ले संयुक्त रूपमा गरेका थिए।यस वृत्तचित्रले भूमे पर्वको इतिहास, महत्व र सांस्कृतिक मूल्यबारे व्यापक जानकारी दिने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्