रुकुमपूर्वबाट रोल्पा हुँदै दाङ तर्फ जाँदै गरेको बस रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँ नजिकै खोलवाङमा दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। आज सोमबार दिउँसो बस दुर्घटना भएको हो ।
घोराही–रोल्पाको थबाङ-रुकुमपूर्व शहीद मार्ग अन्तर्गत रुकुमपूर्वबाट दाङ तर्फ जाँदै गरेको रा.१ ख ३१०१ नम्बरको बस उकालो सडकमा अचानक ब्रेक फेल भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। उक्त बस आज सोमबार बिहान रुकुमपूर्व भूमे-१ लुगुमबाट दाङको लागि छुटेको थियो ।
दुर्घटनाका समयमा बसमा चालकसहित २९ जना सवार रहेका थिए। दुर्घटनामा सामान्य घाइते भएका १२ जनालाई उद्धार गरी माडी गाउँपालिका–२ घर्तिगाउँस्थित स्मृति अस्पताल प्रालिमा उपचारका लागि पठाइएको छ।
बस चालक रोल्पाको थबाङ गाउँपालिका–३ मिरुल निवासी अन्दाजी ३२ वर्षीय सन्तोष कामी रहेको बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
















प्रतिक्रिया दिनुहोस्