२०८३ साउन १२ गते मङ्गलवार

रुकुम पूर्वको कोल केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प



साउन ३, रुकुम पूर्व। रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर आइतबार साँझ ४ बजेर ३० मिनेटमा ५ म्याग्निट्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रुकुम पूर्वसहित अर्घाखाँची, दाङ र रोल्पाका विभिन्न स्थानमा महसुस गरिएको थियो।

हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार