भाद्र ११, रुकुमपूर्व । रसुवाको रसुवागढी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि रुकुमपूर्वका १६ जना नागरिक सम्पर्कविहीन भएका छन्।
रोजगारीका लागि रसुवा पुगेका उनीहरू बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको विवरणमा उल्लेख छ। सम्पर्कविहीन हुनेमा मजदुरीका लागि रसुवा पुगेका पुरुष, महिला तथा बालबालिकासमेत छन्।
रुकुमपूर्वका भूमे र सिस्ने गाउँपालिकाका विभिन्न ठाउँका बासिन्दा रोजगारीका लागि रसुवागढी पुगेका थिए। उनीहरूमध्ये कतिपय जेसीबी अपरेटर, ज्याला मजदुर तथा विभिन्न आयोजनामा काम गर्नेहरू रहेको परिवारले जानकारी गरएका छन् ।
सम्पर्कविहीन हुनेमा भूमे गाउँपालिका–३ सीमाका ३२ वर्षीय जनककुमार पुन छन्। उनी रसुवामा जेसीबी अपरेटरका रूपमा काम गर्दै आएका थिए।
त्यस्तै सिस्ने गाउँपालिका–४ दादिङका ५८ वर्षिय मनराज घर्तीमगर ,५० वर्षको बलबहादुर घर्ती, ४० वर्षकी अमृता घर्ती , ६ वर्षीय एक बालक, ३४ वर्षिय राजेन्द्र घर्तीमगर रहेका छन् । भने ३७ वर्षकी सीता पुनसंगै सीता दुई छोरा ९ वर्षिय रोजन घर्ती र ४ वर्षिय सुगम घर्ती पनि सम्पर्कविहीन भएका छन् ।
सिस्ने–४ कै ४८ वर्षिय टेकबहादुर विक भनिने अर्जुन खत्री उनको श्रीमती ४८ वर्षको धनकुमारी खत्री ,धनकुमारीका २६ वर्षकी मीना खत्री र १८ वर्षीया एक युवती र नाम नखुलेको १५ वर्षिय युवक र ३ वर्षीया एक बालिका पनि सम्पर्कमा नआएको परिवारले जनाएको छ।
यस्तै ५० वर्षको यागमाया केसी र २१ वर्षको सुमन शाही पनि बाढीपछि सम्पर्कविहीन छन्। यागमाया केसी रसुवागढी क्षेत्रमा बस्दै आएकी थिइन् भने सुमन शाही रसुवाको हाइड्रोपावर आयोजनामा काम गर्न पुगेका थिए।
परिवारमा बढ्यो चिन्ता
बाढीपछि सञ्चार सम्पर्क प्रभावित हुँदा रसुवामा रहेका आफन्तसँग सम्पर्क गर्न कठिन भएको परिवारजनको भनाइ छ। फोन सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन नसकेपछि उनीहरू आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन्।
यसैबीच,भूमे गाउँपालिका–३ झुम्लाबाङका रसुवागढीमा कार्यरत २३ वर्षीय प्रहरी जवान मिलन श्रेष्ठ पनि रसुवागढी प्रहरी चौकीबाट बाढीपछि सम्पर्कविहीन भएका छन् ।














प्रतिक्रिया दिनुहोस्