रुकुमपूर्वको भूमे गाउँपालिकाले चालु आर्थिक वर्षको १० महिनामा २३ लाख ९९ हजार ६ सय ६१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा ५६ लाख ६३ हजार ६ सय ७९ रुपियाँ राजस्व उठेकोमा यस आर्थिक वर्षमा पालिकाले ६३ लाख ४५ हजार ६ सय ५० रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको गाउँपालिकाका लेखा सहायक विजय बाँठा मगले जानकारी दिनुभयो ।
भूमे गाउँपालिकाले राजस्व सङ्कलन प्रक्रियालाई आधुनिक र पारदर्शी बनाउन दुई वर्ष पहिले देखि सफ्टवेयर प्रणाली लागू गरिएको बाँठामगरले बताउनुभयो । सफ्टवेयर प्रणाली मार्फत राजस्व सङ्कलन सहजका साथै प्रभावकारी र व्यवस्थित भएको उहाँले बताउनुभयो ।
विगतका वर्षमा सोचे जस्तो राजस्व सङ्कलन हुन नसकेको उहाँको भनाइ रहेको छ । अब राजस्व संकलनको कामलाई प्रभावकारी बनाउँदै लैजाने उहाँले बताउनुभयो ।
वडा नम्बर १ लुकुमबाट २ लाख ५५ हजार ५ सय ८५ रुपियाँ, २ नम्बर काँक्रीबाट २ लाख ७२ हजार ९ सय ५८ रुपियाँ राजस्व जम्मा भएको छ । यसै ३ नम्बर वडा सिमाबाट १ लाख ४८ हजार ६ सय ९५ रुपियाँ, ४ नम्बर वडाकाडाँबाट १ लाख ४९ हजार ९ सय ६५ रुपियाँ, ५ नम्बर वडा सेराबाङबाट १ लाख २५ हजार ७ सय ४४ रुपियाँ राजस्व उठेको छ ।
६ नम्बर वडा महतबाट १ लाख ९७ हजार १३ रुपियाँ, ७ नम्बर वडा धर्मशालाबाट २ लाख ६४ हजार ४ सय रुपियाँ, ८ नम्बर वडा पोखरापाटाबाट १ लाख ९४ हजार ५ सय ५२ रुपियाँ र ९ नम्बर वडा चुनबाङबाट २ लाख ८९ हजार २ सय ८७ रुपियाँ राजस्व उठेको छ । गाउँपालिकाको कार्यालयबाट ५ लाख १६ हजार ५ सय ५७ रुपियाँ राजस्व उठेको छ ।














प्रतिक्रिया दिनुहोस्