२०८३ जेष्ठ १७ गते आइतवार

रुकुमपूर्वमा क्रिकेटकाे उत्साह



हिमाली जिल्ला रुकुमपूर्वमा क्रिकेट खेलको निकै उत्साह देखिएको छ।अन्तरपालिका स्तरीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भूमे गाउँपालिका आयोजनामा भूमे ६ बृहत रंगशालामा माघ १६ र १७ सम्म सञ्चालन भएको थियो।४ गाउँपालिकाको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पुथा उत्तरगंगा गाउँपालिकाले सिस्ने गाउँपालिकालाई ९५ रनले हराउदै विजयी भएको हो।

दुई सम्म भएको प्रतियोगितामा २० ओभरको फाइनल खेलमा पुथा उत्तरगंगा गाउँपालिकाले टस जितेर ब्याटिङ रोजेको थियो।भने १ सय ९६ रनको लक्ष्य लिएको सो गाउँपालिकालाई जवाफी ब्याटिङमा सिस्ने गाउँपालिका १ सय रनमा अल आउट हुनु परेको थियो।खेलमा पुथाका रितेश बुढाथोकीले १ सय १ रनको सेन्चुरी मारेका थिए।सो खेलमा ३ विकेट लिएर उत्कृष्ट खेल प्रदर्शन समेत गरेका हुन।खेलमा ४ समुहले प्रतिसर्पधा गर्दा भूमे गाउँपालिकाले तृतिय स्थानमा चित्त बुझाएको हो।

कर्मचारीहरुकाे माया प्रगाढ बनाउन र आफुहरुमा भएको ज्ञान सीप र क्षमता सातासात गर्न गाउँपालिका बिच मैत्रीमूर्ण खेलको आयोजना गरिएको भूमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबीला बिकले जानकारी दिनुभएको छ।गत महिनामा गाउँपालिकाले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको बिकले बताउनुभयो।

कार्यक्रममा बोल्दै भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले विजयी भएका खेलाडीलाई बधाई दिदैँ अब रुकुमपूर्वमा पनि क्रिकेटर खेलाडीको जन्म हुने बताउनुभयएको छ।रुकुमपूर्वको विकट र दुर्गम हिमाली भेगमा क्रिकेट खेलको सरु हुनु भनेको भविष्यमा युवाहरुले रुकुमका युवाहरुले देश तथा विदेशमा रुकुमपूर्वलाई चिनाउन सक्ने बताउनु भएको छ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार