रुकुमवूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित क्याङ्सीमा माघ २० गते बिहान साढे ७ बजे तिर विधुत सत भएर भान्देउ रोकाको घरमा आगलागी भएको थियो। मानवीय क्षेती नभएन पनि दुई तलाको घर जल्ला लाखौको क्षेती हुन पुगेको वडा नम्बर ३ का वडाध्यक्ष प्रशुराम बुढा मगले जानकारी दिनुभयो।वडाध्यक्ष बुढा मगरको अनुसार प्रहरी मुजुल्का तयार पारेर गाउँपालिका र वडा सहयोगमा राहत प्रदान गरिएको बताउनुभएको छ।
गाउँपालिकाका र वडाले दुई वटा फाईबर सिरिक, दुई वटा बलाङकेट र दुई वटा कम्बल दाल ,चामल, नुन,तेल र अन्य खाद्यान्न अत्यावश्यक सामग्री सहित पीडितको घरमा पुगेर सहयोग गरिएको बताउनुभयो।आगलागीबाट अत्यधिक नोक्सानी भएका पीडितलाई वडा र गाउँपालिकाले राहत उपलब्ध गराएको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनु भएको छ।गाउँपालिका अध्यक्ष श्रेष्ठले राहत हस्तारण गर्दै स्थानीय सरकार आगलागी पीडितको साथमा रहेको बताउनुभयो।गाउँपालिका संगै माथिल्लो निकायमा पहल कदमी अगाडि बढाउने बताउनुभएको छ।
राहत प्राप्त गरेपछि आगलागी पीडित भान्देउ रोकालेले खु:खी हुदैँ हाम्रो परिवारले एकैछिनमै सबै सम्पत्ति गुमायौँ।अहिले गाउँपालिकाले सहयोग गर्दा सरकार भएको महसुस भएको बताउनुभएको छ।
उक्त राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सोही वडाका वडाध्यक्ष प्रमुशुराम बुढा मगर,वडा सदस्य अर्थलाल रोका मगर, अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाईली,शहिद बासु नमुना स्मृती विद्यालयका प्रधानध्यापक तुलाराम खड्का,पत्रकार महासंघका उपाध्यक्ष बालाराम शेर्पाली लगायत बुद्दीजिबिहरुको उपस्थिति रहेको थियो।














प्रतिक्रिया दिनुहोस्