२०८३ साउन १४ गते बिहिवार

सिटिजन बैंकमा खाता खोल्न भिसा प्रोसेसिङ भन्दा बढी समय सेवाग्राही मर्कामा



रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर २ स्थित खाबाङ बजारमा रहेको सिटिजन बैंकको सेवाले  सर्वसाधारण नागरिकले  समस्या खेप्नु परेको बताएका छन्।सिटिजन बैंकको ग्राहकहरूले बैंकिङ सेवामा ढिलाइ, अनावश्यक झन्झट भएको गुनासो पो खेका छन्।

एक गोप्य सेवाग्राहीहरूका अनुसार बैंकमा कारोबार गर्दा घण्टौं पर्खनुपरेको र  कर्मचारीहरूको व्यवहार असन्तोषजनक रहेको गुनासो गरेका छन्।भूमे गाउँपालिका स्थापना भए पश्चात्  सिटिजन बैंक पनि  स्थापना भएको हो।भूमेली नागरिकलाई पछिल्लो समय नागरिकले चाहे जस्तो सेवा दिन सकेको छैन्।

सिटिजन बैंकको ढिलासुस्तीपूर्ण सेवाका कारण वृद्ध अवस्था पुगेका नागरिकहरू सामाजिक सुरक्षा भत्ता लिन घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्।बैंकले सेवा सहज बनाउने भन्दै डिजिटल बैंकिङको प्रचार गरिएको भए पनि वास्तविकता भने झन् पीडादायी बनेको छ।बालबालिका पोषण भत्ता र सामाजिक सुरक्षा भत्ता ,ब्यक्तिगत ,खाता, उपभोक्ता समितिको खाता खोल्न विदेश जाने भिसाप्रोसेस भन्दा बढि समय लाग्ने गरेको नागरिक बताएका छन्।

सामाजिक सुरक्षा भत्ता लिन बिहान १० बजे  नै बैंक  पुगे पनि  वृद्धवृद्धाहरू दिनभर लाइनमा बस्नुपर्ने बताउछन्। सिटिजन बैंकमा गुणस्तरीय सेवा भन्दा अझै कुर्सीको अभावले वृद्ध सेवाग्राहीलाई उभिएर पर्खनुपर्ने अवस्था रहदा यता तिर बैंक ध्यान खिचिदैन्।

भूमे गाउँपालिकामा रहेको सिटिजन बैंक शाखाका प्रमुख तथा प्रबन्धक डिल्ली बहादुर ओलीले भने ग्राहकहरूको गुनासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।भूमे गाउँपालिकामा बैंकिङ प्रणाली जनतालाई सहज बनाउन खोलिएको प्रबन्धक ओलीले  बताए।काम गर्दै जाने क्रममा ऋटी हुन सक्छ  हामी   आफ्नो सेवाको स्तर सुधार  गर्छौं ओलीले भने.

सिटिजन बैंकले व्यवस्थापन र  सेवा सुधारका लागि  कदम चालिएको दाबी गरे पनि ग्राहकहरूको असन्तुष्टि रहेको बताउँछन्।उक्त बैंकले सेवा   प्रणाली सुधार नगर्ने हो भने।सिटिजन बैंकप्रति विश्वास गुम्ने सम्भावना देखिएको छ।

 

 

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार