रुकुम पूर्वकाे भूमे गाउँपालिका वडा नम्बर दुई घर स्थाई घर भएका बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
वडा नम्वर २ स्थाई घर भएका २९ वर्षको लब पुनलाई शुक्रबार दिउँसो काठमाडौंको बालाजु बसपार्कमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद खरेलले अन्वेषण खबरलाई जानकारी दिनुभयो।
प्रहरी उपरीक्षक खरेलकाे अनुसार दुई वटा भिन्नाभिन्नै बैंकिङ कसुर मुद्दा रहेकोमा पाटन उच्च अदालतको कसुरदार ठहर गरेको थियो।अदालतले पुनलाई दुई दिन कैद र दुई लाख जरिवानाको फैसला गरेको थियो।फैसलापछि फरार रहेका पुनलाई काठमाडौमा पक्राउ गर्न सफल भएको बताउनुभयाे।
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार














प्रतिक्रिया दिनुहोस्