२०८३ कार्तिक ११ गते मङ्गलवार

सरकारको कानमा तेल, दलितको हातमा राके : के निभाउन सकिएला



अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र चमार र नेहा रौनियारमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार विषयमा गृहमन्त्री रमेश लेखकको विरोधमा रुकुम पूर्वमा स्थानीय युवाहरूले राके जुलुस निकालेका छन्। सरकारकाे नीति तथा गृहमन्त्री रमेश लेखकको नेतृत्वलाई असन्तोषजनक भन्दै प्रदर्शनकारीहरूले विभिन्न नारासहित विरोध जनाएकाे दलित मुक्तिमाेर्चाका अध्यक्ष हर्कविर कामीले जानकारी दिनुभयाे।

अखिल क्रान्तिकारी रुकुमपूर्व अध्यक्ष रसाई , माेर्चाका अध्यक्ष हर्कविर कामी , दलित पत्रकार संघ रुकुमपूर्वकाे अध्यक्ष निराजन शेर्पाली र उपाध्यक्ष बालाराम शेर्पाली लगायत दलित अधिकारक्रमीहरुकाे नेतृत्व राके जुलुस निकालेका हुन।

सरकारको असफल सुरक्षा नीतिको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरिएको अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली बताउनुभयो । गृहमन्त्री राजीनामा देऊ” जस्ता नाराबाजी गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन।अध्यक्ष रसाइलीले सरकारको भूमिकामाथि कडा प्रश्न उठाउनु भएको हाे। “सरकार जनताको पक्षमा नभई शासक वर्गको रक्षामा केन्द्रित भएको बताउनुभयो । जबसम्म गृहमन्त्री लेखकले राजीनामा दिंदैनन्, हाम्रो आन्दोलन जारी रहनेछ।” रसाइली भने

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार