बिरस थापा / रुकुम पश्चिम
माघ १८ गतेदेखि सल्यानमा सुरु भएकाे महत्सवमा गएराती सल्यानमा महाेत्सब चलि रहेकाे स्थानमा आगलागी भएको छ। महाेत्सकाे स्तेज भित्र रहेका सामान सबै नष्ट भएकाे छ।
शनिबार राती ११ बजेदेखि सल्केकाे आगाेले ८० वटा व्यापारिक स्टल जल्दा करोडौंको क्षेती भएको छ। ८० स्टलमा रहेेका ब्यापारीहरुकाे ६ कराेड मुल्य बराबरकाे क्षेती भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानलाई जानकारी दिएकाे आयाेजक समितिका सदस्य नाेखिराम थापाले जानकारी दिएका छन् ।
महाेत्सवमा जम्मा १३८ स्टल रहेकाेमा ८० वटा स्टलहरुमा आगलागी भएकाे हाे । आगलागीकाे खवर पाउने बित्तिकै नेपाल प्रहरी नेपाली सेना र स्थानियबासीकाे सक्रियतामा आगाे नियन्त्रणमा लिईएकाे थियाे । आगलागी किन र कसरी भयाे भन्ने बारे अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
















प्रतिक्रिया दिनुहोस्