२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वको सिंचाइ कार्यालयद्वारा नयाँ योजनाको काम अझै सुरसार छैन्



जलस्रोत तथा सिंचाइ विकास सवडिभिजन कार्यालय रुकुमपूर्वले यस आर्थिक वर्षको नयाँ योजनाको काम अझै सुरु गरेको छैन् । ठेक्का मार्फत कार्यन्वयन हुने योजनाको हाल सम्म पनि कार्यालयले ठेक्का आह्वान गर्न नसक्दा नयाँ योजनाका काम सुरु हुन नसकेको हो ।

कार्यालयले तोकिएको समयमा ठेक्का प्रक्रिया अघि बढाउन नसक्दा सिंचाइ योजना अलपत्र अवस्थामा परेको स्थानीयले बताएका छन् । सिंचाइ कार्यालय अन्तर्गत सञ्चालनमा आउनुपर्ने योजनाहरुको काम सुचारु नहुँदा स्थानीय आक्रोशित छन् ।

कार्यालयका कर्मचारीले योजना कार्यन्वयमा चासो नगर्दा यस आर्थिक वर्षको ९ महिना बितिसक्दा समेत काम शुन्य गतिमा रहेको भन्दै भूमे गाउँपालिका–२ का वडाध्यक्ष नारायण पुनले आक्रोश पोख्नुभयो । अझै पनि कार्यालयले आफ्नो काम सुरु नगरे आन्दोलनमा समेत जाने वडाध्यक्ष पुनले बताउनुभयो । वडाध्यक्ष पुनले जलस्रोत तथा सिंचाइ विकास सवडिभिजन कार्यालयका प्रमुख मदनप्रसाद शाहलाई कार्यालयको काम किन ढिलासुस्ती भयो भनेर बुझ्दा प्रमुख शाहले रिसाएर बजेट फ्रिज गएमा जिम्मा म लिन्छु भन्नु भएको बताउनुभयो । प्रमुख शाहले थप यस विषयमा तपाईलाई किन चासो भयो ? भनेर आफूलाई शाहले उल्टो प्रश्न गरेको वडाध्यक्ष पुनले बताउनुभयो ।

सिंचाइ कार्यालय प्रमुख मदनप्रसाद शाहले रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपनिर्वाचनले एक महिना कार्यालयमा काम हुनु नसकेको बताउनुभयो । यस कार्यालयमा कर्मचारीहरु सरुवा भएर जादा काममा ढिलाइ भएको शाहले बताउनुभयो । प्रमुख शाहको अनुसार प्राविधिक तथा प्रशासनिक कारणले टेन्डर खोल्न ढिलाइ भएको बताउनुभयो । अब छिट्टै काम सुरु गर्ने शाहले बताउनुभयो । केही कारण बस यस आर्थिक वर्षको बजेट फ्रिज गएको खण्ड आफैँ जिम्मेवारी हुने समेत प्रमुख शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार