तस्बिर : राजु लामिछानेले
रुकुम पश्चिम: त्रिवेणी गाउँपालिकाकाे वडा नम्वर ६ स्थित लालिगुराँस सामुदायिक वनमा बम फेला परेको छ।
नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको वडा अध्यक्ष भद्रबहादुर सेर्पालीले जानकारी दिनुभयाे ।वडाध्यक्ष सेर्पालीकाे अनुसार सामुदायिक जङगलको खोल्सामा बम भेटिएको बताउनुभयाे।
बम भेतिएकाे भन्ने खबर पश्चात झुन्नेटामा रहेकाे प्रहरीर चाैकि र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट खतेकाे सुरक्षाकर्मीको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले घटनास्थल सुरक्षित गरिएको र बम डिस्फोजल टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो । पाठककाे अनुसार बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताउनुभयाे ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
















प्रतिक्रिया दिनुहोस्