कुटपिटबाट घाइते भएका शिक्षक र विद्यार्थी
निराजन सिर्पाली / रुकुमकाेट
सिस्ने गाउँपालिकामा सञ्चालित छैटौँ राष्ट्रपति रनिङ शिल्ड अझै सुरु हुन सकेको छैन । आज बिहान १० बजे देखि उक्त शिल्ड रोकिएको हो । रुक्मिणी मावि र त्रिभुवन जनता मावि बिच विवाद हुँदा शिल्ड रोकिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ । आज बिहान भएको चार गुणा एक सय मिटरको रिले दौडमा रुक्मिणी मावि र त्रिभुवन जनता मावि छिप्रीदह बिच दौड प्रतियोगितामा विवाद हुँदा शिल्ड रोकिएको हो ।
अहिले शिल्ड व्यवस्थापन समिति गाउँपालिका र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरू बिच छलफल भइरहेको बताइएको सिस्ने गाउँपालिकाका उपाध्यक्ष गाेपाल रेउलेले जानकारी दिनुभएको छ । उपाध्यक्ष रेउलेले छलफल टुङ्गोमा पुगिसकेको र केही समय पश्चात् विवाद साम्य हुने बताउनुभएको छ ।
सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड गत २४ गते बिहीबारदेखि सुरु भएको थियो । रुक्मिणी माविका अध्यक्ष ओमप्रकाश थापा र त्रिभुवन जनता मावि छिप्रिदहका शिक्षक तुल्सीकेस गौतमबीच हात हालाहालकाे स्थिति बनेपछि विवाद चर्किएको थियो । विवाद दुई विद्यालयका अन्य शिक्षक तथा विद्यार्थीहरु बीच पनि भएको थियो । भने विवाद बारे रिपोर्टिङमा खटिएका समावेशी मिडियाका पत्रकार किस्मत शेर्पालीलाई समेत रुक्मिणी माविका विद्यार्थीहरुबाट अवरोध सृजना भएको थियो ।
















प्रतिक्रिया दिनुहोस्