२०८३ साउन १३ गते बुधवार

रुकुमपूर्वमा: आगजनी अभियुक्तमा पुथाका गाेपल बुढा पक्राउ



रुकुमपूर्वमा जङ्गलमा आगो लगाउने कार्यमा संलग्न एक जना व्यक्तिलाई जिल्ला प्रहरी रुकुमपूर्व कार्यालयले पक्राउ गरेको छ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० स्थित तक गाउँ सिरानमा रहेकाे नामङैमा रहेकाे २७ हेक्टर सामुदायिक वनमा हिजाे आतबार दिउसो देखि सल्किदा नियन्त्रण बाहिर रहेकाे डिभिजन वन कार्यालय रुकुमपूर्वका सहयाक जन अधिकृत नवराज शाहीले जानकारी दिनुभयाे

नामकै वनमा आगलागी हुदाँ तीन हजार ५ सय सल्लाकाे बिरुवा नस्ट भएको छ। आगजनी गर्ने अभियुक्तमा साेही गाउँपालिका वडा नम्बर १० तकका ३५ वर्षको गाेपाल बुढालाई प्रकाउ गरिएकाे शाहीले जानकारी दिनु भएको छ।

डिभिजन वन कार्यालयकाे अनुसार वन जोगाउन र यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न वन ऐन अनुसार कडाइका साथ कार्वाही गर्ने सहायक अधिकृत शाहीले बताउनुभयाे

लामाे समयसम्म सुख्खा खडेरी कारण जिल्ला विभिन्न सामुदायिक वनमा आगलागी घटना बढे संगै गाउँ – गाउँमा जङ्गल संरक्षण गर्न नागरिकहरुलाई जनचेतना फैलाएको बताउनुभयाे।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार