रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर स्थित ४ साकिममा एक पुरुषले दुई जनाको खुकुरीले हत्या गरेर उनीले पनि भूमे ४ कै खुल्खुले खोलाको खोचमा आत्महत्या गरेका छन्।अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाको समिर बुढाको हत्या पश्चात् जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वी भाग देखी खतेको टोलीलले हत्याका आरोपित भनिएका साकिम ५१वर्षीय चन्द्रसिङ पुनको खुल्खुले खोलाको खोचमा मृत शव फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी माधवराज खरेललको अनुसार बज्यै र नातीको शव फेला परेपछि घटनाका आरोपित फरार रहेका ५१ वर्षिया पुनाई घटनास्थल पुगेर घटनाको अनुसन्धान गर्ने क्रममा हत्याका आरोपित चन्द्रसिङ पुनलाई मृत अवस्थामा फेला परेको डीएसपी खरेलले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीको अनुसार तीन जनाको शवलाई मुचुल्का बनाई शव उठाएर जिल्ला अस्पताल रुकुमपूर्वमा पोष्टमार्टमको लागि लगिएको जानकारी दिनुभयो।














प्रतिक्रिया दिनुहोस्