२०८३ कार्तिक ११ गते मङ्गलवार

भूमे गाउँपालिकाद्वारा जनयुद्ध दिवसको शुभकामना  



जिल्लाको भूमे गाउँपालिकामा गाउँपालिकाले जनयुद्ध दिवसको शुभकामना दिदैँ जनयुद्धका महान सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरू तथा घाइते योद्धाहरूलाई सम्मान प्रकट गरेको छ।

गाउँपालिकामा प्रेस विज्ञप्तिमा जनयुद्धको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समावेशी लोकतन्त्र, सामाजिक न्याय, तथा समृद्ध नेपालको निर्माणमा सबै पक्षहरू एकजुट हुनुपर्ने उल्लेख गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी  दिएको छ।

भूमे गाउँपालिकाले जनयुद्धले उचाइमा पुर्‍याएका जनताको अधिकार, समानता, तथा स्वाधीनताको भावना अझ सशक्त रूपमा स्थापित गर्दै विकास र समृद्धिको यात्राको  गतिलाई जोड दिएको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभएको छ।गाउँपालिकाले समावेशी शासन प्रणाली र समानताको आधारशिलालाई सुदृढ गर्दै, स्थानीय विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण संगै रोजगारी सिर्जनाहरुको ध्यान दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

##भूमे गाउँपालिका ##

 

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार