२०८३ कार्तिक ११ गते मङ्गलवार

स्थानीय तहको कार्य सम्पादन मूल्याङकनमा भूमे गाउँपालिका पहिलो



राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दा रुकुम (पूर्व) को भूमे गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गरेको छ।विभिन्न १७ सूचकका आधारमा गरिएको मूल्याङ्कनमा भूमे गाउँपालिका जिल्लामा पहिलो बनेको छ।वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तहको कार्य सम्पादन मूल्याङकन नतिजा माघ ३० गते बुधवार सार्वजनिक गरेको छ।सार्वजनिक नतिजा अनुसार जिल्लाको तीन स्थानीय तह मध्य भूमे गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ।

भूमे गाउँपालिकाले ७०.४ अंक ल्याएर पहिलो हुदाँ सिस्ने गाउँपालिका ६६ अंक लिएर दोस्रो  भएको छ भने  ५७.५अंक पुथाउत्तरगंगा गाउँपालिका तृतीय भएको तथ्यांकमा उल्लेख छ।

कार्य सम्पादन मूल्याङन नतिजा, भूगोल तथा  जनसङख्या, मानव विकासको अवस्था लगायतको अवस्थालाई आधार लिई आगामी आर्थिक वर्षको समानिकरण अनुदान तथा वित्तीय हस्तान्तरण गरिने प्रचलन रहेको छ।भूमे गाउँपालिकाले स्थानीय तहको बजेट व्यवस्थापन, राजस्व संकलन, सेवा प्रवाह, र पारदर्शिता जस्ता सूचकहरू समावेश गर्दै उच्च अंक प्राप्त गर्दा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले अहोरात्र भूमेली नागिकलाई सेवा दिने कर्मचारीहरुलाई धन्यवाद दिनु भएको छ।

यस आर्थिक वर्षमा भूमे गाउँपालिकाको यो उपलब्धिले कार्यसम्पादन सुधारमा सकारात्मक सन्देश दिएको छ।भने अन्य स्थानीय तहहरूले पनि यसबाट प्रेरणा लिएर आफ्नो सेवा प्रवाह र प्रशासनिक कार्यक्षमतामा सुधार गर्न जरुरी देखिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार