२०८३ साउन १४ गते बिहिवार

छिप्रीदहमा पोखरी मासेर मन्दिर नागरिक सडक खाेज्दै



रुकुमकाेट / धार्मिक संरचना निर्माणको नाममा पाेखरी मासेर मन्दिर बनाउदा राज्यको करोडौं रुपैयाँ खर्च भएको छ। भने अर्काे तर्फ प्राकृतिक स्रोत सम्पदा मासिने थालेकाे छ।

रुकुम पूर्वको सदरमुकाम समेत रहेकाे सिस्ने गाउँपालिका –६ रुकुमकोट स्थित छिप्रीदहको बीचमा सिमेन्टेड पिलर ठड्याएर मन्दिर निर्माण गरिएकाे छ।विकासको नाममा भइरहेको प्राकृतिक सम्पत्ति दोहन र राज्यको ढुकुटी खेर गएकाे छ। राज्यको ढुकुटी खेर मात्रै नभएर सार्वजनिक सम्पत्ति नाश हुने तत्रास बढ्न थालेकाे स्थानीयले बताएका छन्।

प्राकृतिक स्रोत मासेर धार्मिक संरचना बनाउन भन्दा विकट र दुर्गम स्थानहरुमा विद्यालय, अस्पताल, सडक पुग्न नसकेको स्थानमा सडक र खानेपानीकाे हाहाकार भएको साे स्थानमा शुद्ध पिउने पानी  नागरिककाे घर घरमा पुर्‍याउन सरकारकाे ध्यान राज्यको ढुकुटी खेर नजाने स्थानीयहरु गुनासो छ।

सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सरकारको कर्तव्य हो भने धार्मिक संरचनाको करोडौं रुपैयाँ खर्चिनु गम्भीर विषय हाे।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार