२०८३ साउन १४ गते बिहिवार

पुथा उत्तरगंगा गाउँपालिकाले बेरोजगारी सूचिकृत गर्दै



रुकुमपूर्वकाे  पुथा उत्तरगंगा गाउँपालिकाले पालिका भित्र रहेका १४ वटा वडाका नागरिकलाई आर्थिक वर्ष ०८२/ ०८३ काे लागि प्रधानमन्त्री राेजगारी कार्यक्रम अन्तरगत एक सय दिन बराबरको न्यूनतम् रोजगारीमा संलग्न हुन  सूचना जारी गरेकाे छ।

स्थानीय बेरोजगार व्यक्तिहरूलाई न्यूनतम् रोजगारीमा संलग्न गराउने उद्देश्यले बेरोजगारहरूको सूची संकलन गर्न सूचना जारी गरिएकाे राेजगार सेवा केन्द्रका संयाेजक भूपाल बुढा मगरले  जानकारी दिनुभयाे।

गाउँपालिकाले इच्छुक बेरोजगारहरूलाई रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११ को उपदफा १ र रोजगारीको हक सम्बन्धी (दोश्रो संशोधन) नियमावली, २०७७ को नियम ७ को उपनियम १ मा र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम  तोकिएको समयभित्र निवेदन दिन गाउँपालिकाले आग्रह गरेका संयाेजक बुढा मगरले जानकारी दिनुभयाे।

वेराेजगारी  व्यक्तिहरूलाई रोजगारीका अवसर प्रदान गर्न  र रोजगार अभावका कारण आर्थिक संकट भोगिरहेका स्थानीय नागरिकलाई प्राथमिकतामा राखेर  राेजगारीकाे अवसर गर्न  फागुन ४ आईतबार सूचना जारी गरिएको  साे  गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार