नेपालकै कान्छो जिल्ला, भूगोलले बाँडिएको, तर पिँढी(पिँढीको इतिहासले गाँसिएको। यही ठाउँ कहिल्यै थाक्दैन, सधैँ केही न केही लडिरहन्छ– कहिले जनयुद्धको मैदानमा, कहिले भोक र अभावको दलदलमा, र आज– आफ्नै मनको युद्धसँग।यही जिल्लाको एउटा प्रतिनिधि पात्र हो– कान्छो।उसको वास्तविक नाम छैन, किनभने उसजस्तै थुप्रै छन।कान्छोले युद्ध सकिएपछि केही समय गाउँमै वितायो।पाखा पखेरा घुम्यो, तर शान्ति उनलाई बोझ लाग्यो।रातको निद्रा कहिले हरायो, कहिले आउँदा पनि काँचो सपना लिएरै गयो।छातीमा जति चोट थिए, त्यो भन्दा गहिरो मनमा घाउ थियो।
रुकुमपूर्व कान्छो जिल्ला विगतका यादहरुले कान्छालाई निन्द्रा लाग्दैन वर्तमानका सम्झनाले कान्छाको मुटुको धत्कन बढी रहन्छ।त्यस पछि भविष्यको कल्पनाले ओछ्यान छट्टपटी धई रहेको छ।कान्छो साहासी थियो।जनयुद्ध पनि लड्यो।छाती बम बारुध पनी थप्यो त्यहीँ थपेको बम बारुध हिजो आज भारी भएर उकुसमुकस गर्दै छ।ऊ केही कुराको अभावमा थियो। थोरै कुराको दवावमा पर्यो।अहिले कान्छो दरको प्रभावले थकित भएको मन लिएर हजारौ समुद्ध तरेर झोला भरी सपना बोकेर थकान महसुस गर्दै अमेरिकाको यात्रामा छ।त्यो यात्राले सयौ हारका खुसीमा सोहोरे सुनको पिन्जदामा कैद भएको छ।सुनको पिन्जदामा भएको कान्छाको घरमा छिमेकमा समाजमा भएका ब्यक्तिहरुले गत चैत्र १४ र १५ गते सम्पन्न मानसिक स्वास्थ्य शिविरमा यसरी पिडा पोख्छन्।
डाक्टर साव म युद्ध लेडेको मन पोले जस्तो हुन्छ।मनमा खडेरी लगेको छ।कानमा बम पड्केको आवाज आउँछ म आफैले आफैलाई हराए जस्तो हुन्छ र खोजी रहन्छु।ल जिन्दगी यस्तो लाग्छ खाए सार लगाए सार मरे पछि लम्पससार त्यही पिडा भुलाउन दिन तीन पटक रक्सी खान्छु।यसै बिच अर्का एक जना आमाले यसरी पिडा पोख्न हुन्छ।चार भाई छोरा थिए डाक्टर साव दुई छोरा अमेरीका पुगेको तीन वर्ष भयो। एउता अमेरीकाको जेलमा छ रे एक बिच बाटोमा छ।पाचँ करोड ऋण छ रे म राती सुत्न सक्दैन ।म छोराहरुको पिरले रोगिएको छु।कान्छो छोरा बाटोमा छ रे नेपाल फर्काई दिन्छ क भन्ने दर त्यो भन्दा पनि गाउँमा म मरे भने मलामी जाने मान्छे छैन मलाई हरेक राती कालले लखेटे जस्तो महसुस हुन्छ।मलाई सुत्न औषधी दिनु मनका हजारौं पिडाहरु छ।ती पाटाहरुले भित्र भित्रै सोच्छन बिचार गर्छन आन्तरिक रूपमा जन्छन पगलिन्छन छचलकिन्छन पनि ती छचलकिएका तरङ्गले मन तरङ्गित भएमा मनका कम्पन पैदा गर्छ भने त्यस वाहय पातोलाइ पनी असार पार्छ जसलाई हामी समाज या समुदाय भन्छौ जसमा समुदाय रिति रिवाज चाल चलन आदि पर्दछन।
मनोसामाजिक मानसिक प्रक्रिया आन्तरिक र सामाजिक प्रक्रिया वाहय हुने भए पनि एकले अर्कालाई प्रभाव परिरहन गर्दछ।त्यस्तै रुकुमपूर्व कान्छो जिल्ला निशुल्क मानसिक स्वास्थ्य शिविरमा आयोजना सिस्ने गाउँपालिका र आर्थिक प्राविधिक सहयोग नेपाल जनजागरण मञ्च सम्पन्न शिविरमा जम्मा ५ सय २२ मानसिक स्वास्थ्य समस्या भएको नयाँ तथा पुराना थिए भने महिला ३ सय ६० पुरुष र १ सय ५९ थिए भने लागू पदार्थ सेवनले मानसिक स्वास्थ्य समस्या भएको ४०५ प्रतिशत आत्माहत्याको प्रयास र सोच भएका २५५ प्रतिशत थिए भने ३५५ प्रतिशतमा विभिन्न कारणले नोट ९५ प्रतिशत जस्तै द्वन्द्वमा परेर अमेरिका देखि फर्केर आएको पारिवारिक कलह द्वोन्द सम्बन्ध बिच्छेद लगायतका बिषयले कडा मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या देखिएको छ।पाटन मानसिक अस्पतालका डाक्टर निराजन भट्टराईका अनुसार मानसिक स्वास्थ्य समस्यालाई बढ्न नदिन र कम गर्न रुकुमपूर्वबाट सुरुवात गर्नु पर्छ।त्यस पछि यस जिल्ला मानसिक रोगी भएका विरामी अल्ली कम हुदैँ जाने भट्टराईले भने।
आशाको बीउ सिस्ने अझै मुस्कुराउँछ
यो कान्छो जिल्ला हो – सधैँ विछोड, विग्रह र पीडाको प्रतीकजस्तो देखिए पनि यहाँ आशाको बीउ अझै बाँचेका छन्।बिहान सिस्ने मुस्कुराउँछ।बुढाबुढी घाम ताप्छन्। बालबालिकाहरू लुकामारी खेल्छन्।यी स- साना दृश्यहरूले देखाउँछन् – यो भूगोल अझै पनि पुनःउठ्न सक्छ।रुकुमपूर्वले इतिहासमा साहस देखाइसकेको छ।अब समय आएको छ, मनोसामाजिक साहस देखाउने।पीडाको सार्वजनिक स्वीकारोक्ति, सरकारी नीति निर्माणमा ध्यान, स्थानीय तहबाट निरन्तर कार्यक्रम, सामुदायिक संवाद र परामर्श यी सबैको संयोजनले मात्र यो मनको युद्ध जित्न सकिन्छ।
कान्छोहरू अमेरिका पुगेका छन्, तर उनीहरूको मन अझै सिस्नेको कुना काप्चामा अल्झिएको छ।हामीले त्यो मनको यात्रा बुझ्न सक्यौं भने मात्र रुकुमपूर्व वास्तवमै स्वस्थ जिल्ला बन्न सक्छ।नत्र, यहाँ केवल गन्तव्य हुनेछ, सपनाले थिचिएको यात्रा बन्ने छ।
कान्छाको जेठाको मनोसामाजिक मानसिक स्वास्थ्य हेरचाह कसरी गर्ने सकिन्छ
- सो हेरचाहमा ध्यान दिने
- समुदायमा एक अर्को सहयोगी भावना कायम गर्ने
- वर्तमान समुदायमा बिश्वासिलो भरपर्दो ब्यक्तिलाई आफ्नो समस्या बारे भन्ने सुन्ने
- एकान्तमा नबस्ने समुदायमा रहेका सकारात्मक परम्परा क्रियाकलापमा सहभागी हुने।जस्तै स् नाच गान मेला पर्व
- आफ्ना मनमा घरी घरी आइरहेका गाह्रो भएका कुराहरू लेख्ने ।
- आफुमा भएका सकारात्मक पक्ष गुणको शुचि बनाउने
- सन्तुलित , अर्गानिक , आहार ब्याहार ब्याम ध्यान जस्ता कुरालाई प्राथमिकता दिने
- आफुलाइ आवश्यकता अनुसार ब्यस्त राख्ने फुर्सदको समयमा घर आगन लिपपोत रङ रोगन गर्ने।
- यदि दुई हप्ता वा सो भन्दा माथी ६ महिना सम्म अपदुया असहज भएमा मनोपरामर्श कर्ता मनोबिद र मनोचिकित्सालाई भत्न चेक जाँच गराउने
















प्रतिक्रिया दिनुहोस्