२०८३ साउन १२ गते मङ्गलवार

दुर्घटना अपडेट : भुल सुधार



रुकुमपूर्वबाट दाङतर्फ जाँदै गरेको रा.१ ख ३१०१ नम्बरको बस रोल्पाको माडी गाउँपालिका–२, घर्तिगाउँ नजिकैको खोलवाङमा दुर्घटनामा परेको सम्बन्धमा यसअघि प्रकाशित समाचारमा केही तथ्यगत त्रुटि हुन गएकोमा क्षमाप्रार्थी छौं।

सम्बन्धित निकायबाट प्राप्त आधिकारिक विवरणअनुसार दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। प्रारम्भिक सूचनाका आधारमा प्रकाशित समाचारमा केही विवरण फरक पर्न गएको थियो। सही र अद्यावधिक समाचार अन्वेषण खबरको वेबसाइटमा प्रकाशित गरिएको छ।

पूरा समाचार पढ्न : रुकुमपूर्वबाट दाङ जाँदै गरेको बस रोल्पामा दुर्घटना : १२ जना घाइते

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार