२०८३ जेष्ठ १७ गते आइतवार

पुर्खाको स्मृतिमा दुर्वता बजु मन्दिर निर्माण 



रुकुम पूर्वको सिस्ने गाउँपालिका–२, प्वाङ निवासी तथा हाल अमेरिका बसोबास गर्दै आएका युवा जिवराज केसीले आफ्ना पुर्खाको स्मृतिमा दुर्वता बजु मन्दिर निर्माण गरी धार्मिक सेवामा उल्लेखनीय योगदान दिएका छन्।

उहाँले सिस्ने गाउँपालिका–४, अम्लाचौरमा रहेको दुर्वता बजु मन्दिर निर्माणका लागि व्यक्तिगत रूपमा रु ६ लाख लगानी गर्नुभएको छ। मन्दिर स्वर्गीय हजुरबुवा देवीलाल केसीको सम्झनामा निर्माण गरिएको हो।

विदेशमा रहे पनि आफ्नो जन्मभूमिप्रति गहिरो माया र समर्पण प्रकट गर्दै जिवराज केसीले यो धार्मिक संरचना निर्माणमा हातेमालो गर्नुभएको हो।

स्थानीय बासिन्दाहरूले उहाँको यस कार्यको प्रशंसा गरेका छन्। उनीहरूका अनुसार, यस्तो व्यक्तिगत लगानी र भावनात्मक समर्पणले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदा संरक्षण तथा समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बिहिवार