रुकुम पूर्व,- त्रिभुवन जनता माध्यमिक विद्यालय, छिप्रिदह रुकुम पूर्वमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र अन्तर्राष्ट्रिय स्तरको म्याराथन दौडमा उत्कृष्ठ प्रदर्शन गर्ने दुई प्रतिभाशाली व्यक्तित्वलाई सम्मान गरिएको हो।
विद्यालयको छात्रा रोशनी कामीले २०८१ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका, जिल्ला र प्रदेश तह पार गर्दै केन्द्रिय स्तरसम्म आफ्नो पहुँच बनाएको उपलक्षमा सम्मान गरिएको विद्यालयका शिक्षक रामचन्द्र दाहालले बताउनुभयो ।
कामीले छात्रा तर्फको ४ सय मिटर दौडमा स्वर्ण पदक तथा १ हजार ५ सय मिटर दौडमा कास्य पदक जित्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएर विद्यालय र जिल्लाको नाम गौरवान्वित बनाएको हुनाले हौसलाको लागि सम्मान गरिएको शिक्षक दाहालले बताउँनुभयो।
शिक्षक दाहालका अनुसार विद्यालयका पूर्व विद्यार्थी पञ्चराम बुढा मगरले कास्की, पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय खुला नेपाल अल्ट्रा म्याराथन “Fishtail 100 Ultra” प्रतियोगितामा सहभागी भई प्रथम स्थान प्राप्त गरेका थिए । उनले नयाँ कीर्तिमान समेत कायम गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान दिएको हुँदा विद्यालयले सम्मान गरेको हो ।
“त्यस्तै, रुकुमिनी माध्यमिक विद्यालयकी प्रतीक्षा बि.सी.लाई पनि सम्मानपत्र र जर्सी सहित सम्मान गरिएको छ। उनी ३,००० मिटर दौडमा उत्तीर्ण भई केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएकी हुन्।”
दुवै खेलाडीलाई विद्यालयतर्फबाट सम्मान पत्र र १ जोडी जर्सी प्रदान गरिँदै सम्मान गरिएको हो। सम्मान कार्यक्रममार्फत उनीहरूको मेहनत, लगनशीलता र सफलताको उच्च प्रशंसा गरिएको थियो।
यसै क्रममा, सिस्ने गाउँपालिकाको आयोजनामा र डिभाइन इन्स्टिच्युट तुल्सीपुर, दाङका प्रशिक्षक श्री दिपेन्द्र पन्तद्वारा सञ्चालित तीन दिने अक्षर सुधार तथा उत्प्रेरणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रशिक्षक पन्तले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई अक्षर लेखनमा सुधार ल्याउने उद्देश्यले कार्यशाला सञ्चालन गरेका थिए। विद्यालयले उनको दक्षता र सक्रियतालाई सम्मान गर्दै विद्यालयले कदरपत्र हस्तान्त्रण गरेको छ।
बधाई तथा सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा सुरु भएको थियो । भने विद्यालयका सहायक प्रधानाध्यापक दामोदर बुढाथोकी उत्तीर्ण विद्यार्थीलाई स्वागत गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक मदन कुमार गौतमले यी खेल क्षेत्र मात्र नभएर सम्पूर्ण खेलाडीलाई हौसला दिने अपेक्षा गरिएको बताउँदै दुई विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन उक्त विद्यालयका शिक्षक रामचन्द्र दाहालले गर्नुभएको थियो ।।














प्रतिक्रिया दिनुहोस्